मलेसियामा अगष्ट २९ बाट सुरु हुने एसिया कप छनौटका लागि हाल नेपाली टोली श्रीलंकामा अन्तिम तयारी गरिरहेको छ। नेपालले आज कोल्ट्स क्रिकेट क्लबसँग उसैको मैदानमा खेल्न लागेको हो।
खेल नेपाली समयानुसार पौने ११ बजे सुरु हुनेछ। यसअघि भएका दुई अभ्यास खेलमा नेपालले स्थानिय श्रीलंका आर्मी स्पोर्ट्स क्लब र ब्लुमफिल्ड क्लबलाई पराजित गरेको थियो।
नेपालले आज खेल्न लागेको कोल्ट्स क्लब श्रीलंकाको पुरानो क्रिकेट क्लब मध्येको एक हो। सन् १८७१ मा स्थापना भएको यस क्लबले श्रीलंकाको फस्ट क्लास लिग प्रिमियर ट्रफी ६ पटक जितिसकेको छ।
क्लबमा श्रीलंकाका टेष्ट क्रिकेटर दिलरुवान परेरा, अकिला धनन्जय, कुशल परेरा जस्ता चर्चित खेलाडीहरु छन्।
यसअभ्यास खेलपछि नेपाल सोमबार एसिया कपको छनोट गर्न श्रीलंका प्रस्थान गर्नेछ। छनौटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन्।
छनौटको शीर्षमा रहन सके नेपाल भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।
-DC